×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

विश्व

भारतीय पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधन

भारतीय पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधन

काठमाडौं । भारतका पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंहको निधन भएको छ । सन् २००४ देखि २०१४ सम्म भारतको प्रधानमन्त्रीको पद सम्हालेका सिंह ९२ वर्षका थिए ।

कांग्रेसका दिग्गज नेतासमेत रहेका सिंहको बिहीबार राति दिल्लीको एम्स अस्पतालमा उपचारको क्रममा निधन भएको हो। अस्पतालले मेडिकल बुलेटिन जारी गर्दै राति नौ बजेर ५१ मिनेटमा सिंहको निधन भएको पुष्टि गरेको छ ।

मेडिकल बुलेटिनमा भनिएको छ, ‘गहिरो शोकको साथ हामी भारतका पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंहको ९२ वर्षको उमेरमा निधन भएको जानकारी गराउँदछौं । उहाँ उमेरसँग सम्बन्धित स्वास्थ्य अवस्थाको लागि उपचार गरिरहनुभएको थियो र बिहीबार घरमा अचानक बेहोस हुनुभएको थियो । बेलुकी आठ बजेर ६ मिनेटमा नयाँ दिल्लीको एम्समा मेडिकल इमर्जेन्सीमा ल्याइएकोमा सबै प्रयासका बाबजुद राति नौ बजेर ५१ मिनेटमा मृत घोषणा गरियो ।’

प्रतिकृया दिनुहोस्