×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

मनोरञ्जन

‘लालीबजार’ को मुद्दामा सेन्सर बोर्डको फाइल झिकाउन अदालतको आदेश

‘लालीबजार’ को मुद्दामा सेन्सर बोर्डको फाइल झिकाउन अदालतको आदेश

काठमाडौं । उच्च अदालत पाटनले फिल्म ‘लालीबजार’को मुद्दामा चलचित्र जाँच (सेन्सर) सम्बन्धी कागजात झिकाउन आदेश दिएको छ ।

अदालतका सूचना अधिकारी गोबिन्दप्रसाद कोइरालका अनुसार प्रदर्शन अनुमति दिने केन्द्रीय चलचित्र जाँच समितिको सक्कल फाइल झिकाउन आदेश दिएको हो ।

न्यायाधीशद्धय गीताप्रसाद तिम्सिना र दीपक खनालको संयुक्त इजलासमा मंगलबार सुनुवाइ भएको थियो ।

‘२२ गतेसम्म प्रदर्शन रोक्नु भनेर यसअघि दिएको अन्तरिम आदेशलाई बुधबारसम्म निरन्तरता दिइएको छ । यसबारे भोलि पेसी तोकिएको छ’ सूचना अधिकारी कोइरालाले भने, ‘यसबारे बुधबार छलफल हुन्छ । फाइल आएपछि पुनः हेर्छौं ।’

यसअघि अदालतले १५ वैशाखमा तत्कालको लागि प्रदर्शन रोक्न आदेश दिएको थियो । रोशनी नेपाली वादीले फिल्मका केही दृश्य र संवादमा आपत्ति जनाउँदै रिट दायर गरेकी थिइन् ।

१८ वैशाखदेखि रिलिज तयारीमा रहेको यम थापा निर्देशित फिल्म अदालतको आदेशले रोकिएको थियो ।

प्रतिकृया दिनुहोस्