×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

सूचना/प्रविधि

१९९० तिरको डिजाइनमा आयो नयाँ कम्प्युटर

१९९० तिरको डिजाइनमा आयो नयाँ कम्प्युटर

काठमाडौँ । कम्प्युटर निर्माता मेनगियरले १९९० को दशकको स्लिपर पीसीको डिजाइनमा अत्याधुनिक स्पेसिफिकेसन भएको रेट्रो ९५ नामक नयाँ डेस्कटप कम्प्युटर बजारमा ल्याएको छ । सीआरटी मनिटर, गेम खेल्दा डिस्क साट्ने दिनहरू, विन्डोज ९५, फ्लपी डिस्क, डायल-अप इन्टरनेट र ल्यान पार्टीको अनुभवलाई मिस गर्नेहरूलाई लक्षित गर्दै यो कम्प्युटर सार्वजनिक गरिएको हो ।

रेट्रो ९५ एउटा प्रिबिल्ट अर्थात् एसेम्बल गरिएको डेस्कटप पीसी हो, जुन हेर्दा १९९० को दशकका कम्प्युटरहरू जस्तै देखिन्छ । यो सिल्भरस्टोन एफएलपी ०१ (SilverStone FLP01) पीसीकै केसको नक्कल हो, जुन सुरुमा एउटा अप्रिल फुलको मजाकको रूपमा आएको थियो । तर पछि वास्तविकतामा परिणत भएको थियो ।

यसको अगाडि भागमा दुई ओटा फ्लपी ड्राइभ जस्तै देखिने स्लटहरू छन् । तर, तीमध्ये एउटा केवल देखावटी हो र यसले एउटा वैकल्पिक २४ह डीभीडी-आर ड्राइभ लुकाउने र देखाउने काम गर्छ । अर्को फ्लपी ड्राइभले भने एउटा लुकेको फ्रन्ट-प्यानल आईरओ लुकाएको छ, जसमा हेडफोन ज्याक, यूएसबी-सी पोर्ट र दुई ओटा यूएसबी-ए पोर्टहरू छन् । 

यसमा पावर र डिस्क एक्टिभिटी एलईडीका साथै पावर र रिसेट बटनहरू पनि छन् । यसमा केवल ुटर्बो बटनु को कमी छ ।

बाहिरबाट पुरानो देखिए पनि यो पीसी भित्रबाट अत्याधुनिक कम्पोनेन्टहरूले भरिएको छ । यसमा एएमडीको Ryzen 7 9800X3D, RTX 5080 ग्राफिक्स कार्ड, ९६ जीबी र्‍याम र ८ टीबी एनभीमी स्टोरेज जस्ता विशेषताहरू छन् ।

यी आधुनिक कम्पोनेन्टहरूलाई चिसो राख्नका लागि मेनगियरले उत्कृष्ट कुलिङ पर्फर्मेन्स र कम आवाजका लागि नक्टा फ्यान प्रयोग गरेको छ । साथै पर्याप्त भेन्टिलेसन पनि उपलब्ध छ, जसले थर्मल थ्रोटलिङ हुन दिँदैन ।

बजारमा उपलब्ध मेनगियरको रेट्रो ९५ को सुरुवाति मूल्य १,५९९ अमेरिकी डलर (करिब २ लाख १९ हजार रुपैयाँ) तोकिएको छ । यो सीमित मात्रामा मात्र उपलब्ध हुनेछ ।

यो उत्पादन विशेष गरी ती प्रयोगकर्ताहरूका लागि हो, जसले विगतको कम्प्युटर युगको नोस्टाल्जियालाई आधुनिक कम्प्युटिङको शक्तिसँग जोड्न चाहन्छन् । यो एउटा यस्तो कलाकृति हो, जसले इतिहास र भविष्यलाई एकै ठाउँमा ल्याउँछ ।

प्रतिकृया दिनुहोस्