×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन कैरन नेपाल अर्थ समाचार

राजनीति

सरकार फिल्डमा भन्दा फेसबुकको हल्लामा लाग्यो : कांग्रेस

सरकार फिल्डमा भन्दा फेसबुकको हल्लामा लाग्यो : कांग्रेस

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद भीष्मराज आङ्देम्बेले विपद्को बेलामा सरकार सामाजिक सञ्जालमै अल्झिएको आरोप लगाएका छन् । प्रतिनिधिसभा बैठकमा पार्टीको तर्फबाट सम्बोधन गर्ने क्रममा उनले यस्तो आरोप लगाएका हुन् ।

साथै, उनले सरकार परिणाम दिन र प्राण जोगाउन भन्दा प्रचार मिलाउन लागेको बताए ।

‘स्थलगत अवलोकन र उद्धारको पर्खाइमा पीडित परिवारका गन्थन सुनेपछि आज यो संसद्मा भन्न बाध्य भएको छु, सरकार सामाजिक सञ्जालमा अल्झियो,’ उनले भने, ‘जोखिम समुदायमा समयमा पुग्न सकेन । सरकार परिणाम दिन र प्राण जोगाउन भन्दा प्रचार मिलाउन लाग्यो । फिल्डमा भन्दा फेसबुकको हल्लामा लाग्यो ।’
 

प्रतिकृया दिनुहोस्