×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

मनोरञ्जन

नयाँ वर्षकै दिन फिल्म ‘जारी २’ को निर्माण घोषणा

नयाँ वर्षकै दिन फिल्म ‘जारी २’ को निर्माण घोषणा

काठमाडौँ । नयाँ वर्ष २०८२ को अवसर पारेर अभिनेता दयाहाङ राई, विजय बराल र अभिनेत्री मिरुना मगरको मुख्य भूमिका रहेको फिल्म जारीको सिक्वेल ‘जारी २’ निर्माण घोषणा गरिएको हो । 

निर्माण युनिटले फिल्मको एक पोस्टर सार्वजनिक गर्दै फिल्म घोषणा गरेको हो । पोस्टरमा अभिनेता दयाहाङ राईलाई च्याब्रुङ बजाउँदै गरेको अवस्थामा प्रस्तुत गरिएको छ । पोस्टरमा स्लोगन सङ्ग अफ च्याब्रुङ राखिएको छ । 

‘जारी २ पनि जारी निर्देशक उपेन्द्र सुब्बाको नै लेखन तथा निर्देशन रहनेछ । फिल्म यही वर्षको दसैँमा रिलिज गरिने समेत सार्वजनिक पोस्टरमा उल्लेख गरिएको छ ।

कवी उपेन्द्र सुब्बाको डेव्यु निर्देशन गरेको जारीले नेपाली बक्स अफिसमा १७ करोड माथिको व्यापार गरेको थियो । 

वैशाख तेस्रो साताबाट फ्लोरमा जाने फिल्ममा दयाहाङ, विजय र मिरुनासँगै ऋचा शर्मा, बुद्धि तामाङ, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, मानहाङ लावती, बिष्णु मोक्तान, कमलमणी नेपाल, अनिल सुब्बा, रेखा लिम्बु, बेदना राई र सिर्जना निङ्लेखुको अभिनय रहनेछ ।

बाँसुरी फिल्मस् र कबड्डी फिल्मस्को व्यानरमा निर्माण हुने फिल्मलाई रामबाबु गुरुङले निर्माण गर्नेछन् । फिल्मको सम्पूर्ण छायाङ्कन पाँचथरको विभिन्न पर्यटकीय गन्तव्यमा गरिनेछ ।

प्रतिकृया दिनुहोस्