×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

सूचना/प्रविधि

सञ्चार मन्त्रालयमा राष्ट्रिय एआई केन्द्रको स्थापना

सञ्चार मन्त्रालयमा राष्ट्रिय एआई केन्द्रको स्थापना

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा राष्ट्रिय एआई केन्द्र स्थापना गरिएको छ । सोमबार सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले राष्ट्रिय एआई केन्द्रको उद्घाटन गरे । सो क्रममा मन्त्री खरेलले मन्त्रालयको सानो कोठाबाट सुरुवात गरिएको राष्ट्रिय एआई केन्द्र नेपालको लागि एआइ क्षेत्रका लागि ठूलो फड्को हुने बताए ।

एआई काउन्सील गठन भएको र एआई नीति आइसकेको अवस्थामा अव नेपाललाई डिजिटल युगको बाटोमा अघि बढेको धारणा राखे । मन्त्री खरेलले जनेजी आन्दोलनका क्रममा उठेका सुशासन, भ्रष्टचारमुक्त देश, रोजगारी लगाएतका बिषयलाई एआईले समेट्ने बताए ।

उनले सरकारको सारथी र जनताको उदेश्य प्राप्तका लागि एआईलाई प्रयोग गरिने जिकिर गरे ।

प्रतिकृया दिनुहोस्