×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

रामेछापको मन्थली विमानस्थलमा बाढी पस्यो

रामेछापको मन्थली विमानस्थलमा बाढी पस्यो

काठमाडौं । रामेछापस्थित मन्थली विमानस्थलमा बाढी पसेको छ । तामाकोशी नदी किनारमा रहेको यो विमानस्थलमा बाढी पसेको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ ।

रामेछाप विमानस्थलबाट लुक्लामा नियमित उडान हुने गर्छ । विमानस्थलमा अहिले तारा एयर र समिट एयरका दुई जहाज रोकिएका छन् ।

विमानस्थलमा रोकिएका जहाजमा असर नगर्ने गरी पार्किङ मिलाइएको यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए ।


 

प्रतिकृया दिनुहोस्