×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

शेयर बजार

२०८१ को अन्तिम दिन सेयर बजार घटेर बन्द

२०८१ को अन्तिम दिन सेयर बजार घटेर बन्द

काठमाडौँ । वर्ष २०८१ को अन्तिम दिन सेयर बजार घटेर बन्द भएको छ । नेपाल स्टक एक्सचेन्जका आइतबार नेप्से ८.८४ अंकले घटेको हो । बजार खुलेसँगै घटबढ देखिएको परिसूचक अन्तिममा घटेर २ हजार ६६१ दशमलब ८६ बिन्दुमा पुगेर बन्द भएको हो । 

यस दिन ६ अर्ब २८ करोड २९ लाख बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । जुन कारोबारमा १ करोड ३१ लाख ८९ हजार कित्ता सेयर किनबेच भएको हो । 

होटल्स एण्ड टुरिजम, इन्भेस्टमेन्ट, म्युचुअल र ननलाइफ इन्स्योरेन्सबाहेक सबै उपसूचकमा गिरावट आएको छ । यस्तै समग्रमा बजार घटेपनि नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको सेयरमा सकारात्मक सर्किट लाग्यो भने विन नेपाल लघुवित्तमा नेगेटिभ सर्किट लाग्यो ।
 

प्रतिकृया दिनुहोस्