×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

लेदोसहितको पहिरो खसेपछि बीपी राजमार्ग अवरुद्ध

लेदोसहितको पहिरो खसेपछि बीपी राजमार्ग अवरुद्ध

काठमाडौं । लेदोसहितको पहिरो खसेपछि बीपी राजमार्ग अवरुद्ध भएको छ । सिन्धुलीको सुनकोशी गाउँपालिका–१ घ्याम्पे खोलामा लेदोसहितको पहिरो खसेपछि बाटो अवरुद्ध भएको हो ।

लेदोको कारण अहिले दुवैतर्फी बाटो अवरुद्ध भएको बागमती प्रदेश ट्राफिक कार्यालयका प्रमुख एसपी नरेशराज सुवेदीले जानकारी दिए ।

‘लेदोसहितको पहिरोका कारण बाटो अवरुद्ध भएको छ । पहिरो रोकिएपछि पन्छाउने काम सुरु हुन्छ,’ एसपी सुवेदीले भने ।

प्रतिकृया दिनुहोस्