काठमाडौं । सोमबार नेपाली बजारमा सुनचाँदीको मुल्य सामान्य बढेको छ । आज छापावाला सुन तोलामा एक सय रुपैयाँ बढेर प्रतितोला एक लाख ५२ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी तोलामा ५ रुपैयाँ बढेर प्रतितोला एक हजार ७ सय ५५ रुपैयाँमा कारोबार भैरहेको छ ।