×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन कैरन नेपाल अर्थ समाचार

शेयर बजार

१५.३९ अंकले बढ्यो सेयर बजार

१५.३९ अंकले बढ्यो सेयर बजार

काठमाडौं । मंगलबार सेयर बजार परिसूचक नेप्से १५.३९ अंक बढेको छ । सो अंकको वृद्धिसँगै नेप्से परिसूचक २६३८ अंकमा कायम भएको छ । अघिल्लो दिन नेप्से २.२६ अंक बढेको थियो ।

आज नेप्से परिसूचक मात्रै बढेन, कारोबार रकममा उल्लेख्य वृद्धि देखिएको छ । अघिल्लो दिन ३ अर्ब ८२ करोडको कारोबार भएकोमा आज ५ अर्ब ५५ करोडको भयो ।
१६५ कम्पनीको मूल्य बढ्यो भने १११ को घट्यो । त्यस्तै ३ कम्पनीको मूल्य स्थिर रह्यो ।


बैंकिङ समूहले नै आज बजार वृद्धिमा महत्त्वपूर्ण योगदान पुर्‍याएको छ । पूँजीकरण सबैभन्दा उच्च रहेको यो समूह नै सबैभन्दा धेरै १.२४ प्रतिशत बढ्यो । कारोबारी तथा लगानीकर्ता यो समूहमा आकर्षित हुँदा समग्र सूचक उल्लेख्य बढ्न पुग्यो ।

त्यस्तै विकास बैंक १.०४, फाइनान्स ०.०३, होटल तथा पर्यटन ०.९४, जलविद्युत् ०.४६, लगानी ०.३०, जीवन बीमा ०.१४, उत्पादन तथा प्रशोधन ०.६१, निर्जीवन बीमा ०.२६ तथा व्यापार ०.९७ प्रतिशत बढे ।

माइक्रोफाइनान्स ०.१८ र अन्य ०.३९ प्रतिशत घटे । आज बैंकिङ समूहको पनि उल्लेख्य कारोबार देखियो । यो समूहका कम्पनीको कुल १ अर्ब ६५ करोडको कारोबार भयो । हाइड्रोपावर समूहको १ अर्ब ९८ करोडको कारोबार भयो ।

एभरेस्ट कलरको मूल्य सबैभन्दा धेरै ५.०५ प्रतिशत बढ्यो । माउन्टेन हाइड्रो नेपालको ३.४२, सिटी होटलको ३.०९, जनउत्थान सामुदायिक लघुवित्तको ३.०१, हिमालयन डिस्टिलरीको २.७९, स्वेत गंगा हाइड्रोको २.७८ प्रतिशत मूल्य बढ्यो ।

मानुषी लघुवित्तको मूल्य ८.००, मेन्छियाम हाइड्रोपावरको ७.२७, ओम मेगाश्री फर्मास्युटिकल्सको ३.६७, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको ३.५१, मुक्तिनाथ कृषि कम्पनीको ३.१७ प्रतिशत घट्यो ।
कारोबार रकमका आधारमा आज सोल्टी होटल, ग्लोबल आईएमई बैंक, लक्ष्मी सनराइज बैंक, हिमालयन डिस्टिलरी, रिलायन्स स्पिनिङ मिल्स, पिपुल्स हाइड्रोपावर, एनआईसी एसिया बैंक, कुमारी बैंक, एनएमबी बैंक क्रमशः अगाडि रहे ।

प्रतिकृया दिनुहोस्