काठमाडौँ । शुक्रबार नेपाली बजारमा सुनचाँदीको मुल्य सामान्य बढेको छ । आज छापावाला सुन तोलामा एक सय रुपैयाँ बढेर प्रतितोला एक लाख ६० हजार एक सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी तोलामा ५ रुपैयाँ बढेर प्रतितोला एक हजार ९ सय १० रुपैयाँमा कारोबार भैरहेको छ ।