काठमाडौं । आइतबार नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ । आज छापावाला सुन तोलामा ८ सय रुपैयाँ बढेर प्रतितोला दुई लाख ९६ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार सुन प्रतितोला दुई लाख ९५ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी तोलामा ३५ रुपैयाँ बढेर प्रतितोला ४ हजार ४ सय ४० रुपैयाँमा कारोबार भैरहेको छ ।