×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

बीपी राजमार्गको खुर्कोट-भकुन्डेबेंसी सडकमा साँझ ५ देखि बिहान ५ बजेसम्म गाडी चलाउन रोक

बीपी राजमार्गको खुर्कोट-भकुन्डेबेंसी सडकमा साँझ ५ देखि बिहान ५ बजेसम्म गाडी चलाउन रोक

काठमाडौं । बीपी राजमार्ग अन्तर्गतको खुर्कोट(भकुन्डेबेंसी सडकखण्ड साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी साधन चलाउन रोक लगाइएको छ ।

जिल्ला प्रशासन कार्यालय काभ्रेले मंगलबार सूचना जारी गर्दै उक्त समयमा सवारी आवागमनमा पूर्णरूपमा रोक लगाइएको जनाएको छ ।

उक्त अवधिक पश्चात पनि वर्षा, रोशीखोलामा आउन सक्ने बाढी र मौसमको अवस्था मध्यनजर गरी आवश्यकताका आधारमा सडक आवागमनमा जुनसुकै बेला अलपकालीन अवधिका लागि रोक लगाउन सकिने  प्रशासनले जारी गरेको विज्ञप्तमा उल्लेख छ ।

बीपी राजमार्गको कटुन्जेबेंसी (काभ्रे-नेपालथोक-सिन्धुली) सडकखण्डमा यात्रा गर्नुपूर्व सडकको अवस्था बुझेर मात्र यात्रा गर्न प्रशासनले अनुरोध गरेको छ ।

सोमबार राति रोशी खोलामा एक्कासी बाढी आउँदा बीच खोलामा माइक्रो बसमा सवार ८९ जना यात्रुहरू फसेका थिए । ती सवारी साधन र यात्रीहरूलाई नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले सकुशल उद्धार गरेको थियो ।
 

प्रतिकृया दिनुहोस्