×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

शेयर बजार

५ अर्ब २ करोडमा खुम्चियो सेयर कारोबार

५ अर्ब २ करोडमा खुम्चियो सेयर कारोबार

काठमाडौं । बिहीबार सेयर बजारमा कारोबार रकम ५ अर्ब २ करोडमा खुम्चिएको छ । साउन ११ गते २६ अर्ब ५७ करोडको कारोबार भएकोमा तीन साताकै अन्तरमा कारोबार रकम ८१ प्रतिशत घटेको हो ।

यो साता आइतबार ७ अर्ब ७३ करोडको कारोबार भएकोमा सोमबार ६ अर्ब १७ करोड, मंगलबार ५ अर्ब ६३ करोड, बुधबार ५ अर्ब २० करोडको कारोबार भएको थियो ।

आज बजारको परिसूचक नेप्से ९.२२ अंक घटेको छ । सो गिरावटपछि २७५७ मा कायम भएको छ । कारोबारका क्रममा दिउँसो १२:१० बजे नेप्से २७७५ अंकसम्म पुगेकोमा त्यसपछि अन्तिम समयसम्म सामान्य घट्न पुग्यो ।

५३ कम्पनीको मूल्य बढ्दा १९७ कम्पनीको घटेको छ । निर्जीवन बीमाबाहेक सबै समूहका सूचक घटेका छन् । निर्जीवन बीमा ०.१४ प्रतिशत बढ्यो । घटेका सबै समूहको गिरावट दर १ प्रतिशतमुनि रह्यो ।

बैंकिङ ०.११, विकास बैंक ०.६५, फाइनान्स ०.५५, होटल तथा पर्यटन ०.८६, हाइड्रोपावर ०.५२, लगानी ०.२६, जीवन बीमा ०.३२, उत्पादन तथा प्रशोधन ०.१८, माइक्रोफाइनान्स ०.२१, अन्य ०.५२ तथा व्यापार ०.६४ प्रतिशत घटे ।

हालै सूचीकृत भएर कारोबारमा आएको विकास हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो । कम्पनीको मूल्य प्रतिकित्ता ३५३.४० रुपैयाँ कायम भएको छ ।

सामुदायिक लघुवित्तको ५.३७, रसुवागढी हाइड्रोपावरको २.८६, युनाइटेड अजोड इन्स्योरेन्सको २.६६, पियोर इनर्जीको २.६० प्रतिशत मूल्य बढ्यो ।

जनउत्थान सामुदायिक लघुवित्तको मूल्य सबैभन्दा धेरै ४.६५ प्रतिशत घट्यो । सयपत्री हाइड्रोपावरको ४.५३, पन्चकन्या माइ हाइड्रोपावरको ३.०८, अपर लोहोरेखोलाको ३.०४ प्रतिशत मूल्य घट्यो ।

आज धेरै कारोबार भएका पाँच कम्पनीमा हिमालयन रिइन्स्योरेन्स, नेपाल पुनर्बीमा, बलेफी हाइड्रोपावर, बुटवल पावर र हिमालयन डिस्टिलरी छन् ।

प्रतिकृया दिनुहोस्