×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

बीपी राजमार्गमा फसेकाहरूको उद्धार सुरु, उद्धारको पर्खाइमा १ हजार बढी

बीपी राजमार्गमा फसेकाहरूको उद्धार सुरु, उद्धारको पर्खाइमा १ हजार बढी

काठमाडौं । नेपाली सेनाको हेलिकप्टरले काभ्रेको बीपी राजमार्गमा फसेकाहरूको उद्धार सुरु गरेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार अहिलेसम्म रोशी गाउँपालिकाको मंगलटार क्षेत्रबाट ८१ जनाको उद्धार गरेर धुलिखेल ल्याइएको छ ।

‘बीपी राजमार्गको नेपालथोक–धुलिखेल खण्डमा १ हजारभन्दा बढी नागरिक बसेको र उद्धार गर्नुपर्ने अवस्था छ,’ जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख बसुन्धरा खड्काले भने, ‘सुरुमा नेपाली सेनाको हेलिकप्टर मार्फत मंगलटारमा खाद्यान्न पुर्‍याएर राजमार्गमा फसेकाहरूको उद्धार सुरु भएको छ ।’

उद्धार गरिएकामध्ये १३ जना बिरामी समेत छन् ।

जिल्लामा ठूला मानवयि र भौतिक संरचना क्षति भए पनि यकिन विवरण संकलन हुँदै गरेको उनले बताए । विभिन्न स्थानीय तहसँग समन्वय गर्ने प्रयास भए पनि विद्युत् र दूरसञ्चार सेवा समेत अवरोध हुँदा समस्या भएको छ ।

जिल्लाका प्रमुख दुई राजमार्ग बीपी र अरनिको सहित अधिकांश स्थानीय तह जोड्न सडक समेत अवरुद्ध छ ।

प्रतिकृया दिनुहोस्