×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

कृषि

काँक्रोको मूल्य एकै दिन किलोको ४० रुपैयाँले बढ्यो

काँक्रोको मूल्य एकै दिन किलोको ४० रुपैयाँले बढ्यो

काठमाडौं । आज करिब एक दर्जन सागसब्जीको थोक मूल्यमा वृद्धि भएको छ । कालीमाटी फलफूल तथा तरकारी विकास समितिका अनुसार आज सबैभन्दा धेरै काँक्रोको मूल्य बढेको छ ।

आज हाइब्रिड काँक्रो ११४.२९ प्रतिशतले बढेको छ । शनिबार ३५ रुपैयाँ किलोमा कारोबार भएको यसको मूल्य आज ७५ पुगेको छ । लोकल काँक्रो पनि ९५ बाट बढेर ११० रुपैयाँ किलोमा कारोबार भएको छ ।

आज स्थानीय काउली ३० बाट बढेर ३५ मा पुगेको छ भने पाकेको फर्सी ४५ बाट बढेर किलोको ५५ रुपैयाँमा कारोबार भएको छ । हरियो प्याज ३५ बाट ४५ पुगेको छ भने शनिबार किलोको ५५ रुपैयाँमा कारोबार भएको रायो साग आज ६५ मा पुगेको छ ।

आज कोइरालो किलोको २१० पुगेको छ । शनिबार यसको मूल्य १६६ रुपैयाँ ६७ पैसा थियो ।

गाँठे गोबी पनि ५५ बाट ६० पुगेको छ । पुदिना २७६ बाट ३०० पुगेको छ भने अदुवा ११० बाट बढेर १२० रुपैयाँ किलो पुगेको छ ।

प्रतिकृया दिनुहोस्