×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

बैंक/वित्त

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा आज आउँदै

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा आज आउँदै

काठमाडौँ । मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा आज हुँदैछ । नेपाल राष्ट्र बैंकले तयार गरेको मौद्रिक नीतिलाई सञ्चालक समिति बैठकले पारित गरी आजै सार्वजनिक गर्नेगरी तयारी गरिएको हो । यसका लागि आज बेलुकी सञ्चालक समितिको बैठक बोलाइएको एक अधिकारीले जानकारी दिए । 

मौद्रिक नीतिको प्रत्येक त्रैमासमा समीक्षा हुने व्यवस्था छ । प्रत्येक त्रैमास सकिएको ४५ दिनभित्र मौद्रिक नीतिको समीक्षा सार्वजनिक गर्नुपर्ने व्यवस्था छ । 

यस अनुसार बिहीबारसम्ममा समीक्षा सार्वजनिक गर्नुपर्ने थियो । बुधबार बिदा भएका कारण आज नै समीक्षा गर्न लागिएको ती अधिकारीले बताए । 

मौद्रिक नीतिको समीक्षा गर्ने भए पनि यस पटक पनि ठुलो नीतिगत परिवर्तन हुनसक्ने सम्भावना नरहेको स्रोतले जानकारी दियो ।

 गभर्नर महाप्रसाद अधिकारीले गर्ने अन्तिम नीतिगत निर्णयको रुपमा लिइएको यो समीक्षामा गभर्नर अधिकारीले केही सहुलियतका कार्यक्रम घोषणा गर्छन् भन्ने अपेक्षाबिच ठुलो नीतिगत परिवर्तन नहुने अवस्था रहेको बताइएको हो ।  राष्ट्र बैंकले पहिलो त्रैमासमा पनि राष्ट्र बैंकले मौद्रिक नीतिमा कुनै परिवर्तन गरेको थिएन ।

प्रतिकृया दिनुहोस्