×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

अर्थ/वाणिज्य

वायुसेवा निगमका सञ्चालक समिति सदस्य छनोट प्रक्रिया अघि नबढाउन सर्वोच्चको आदेश

वायुसेवा निगमका सञ्चालक समिति सदस्य छनोट प्रक्रिया अघि नबढाउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाल वायुसेवा निगमको सञ्चालक समितिका सदस्यहरू छनोट प्रक्रिया अघि नबढाउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीशहरू कुमार रेग्मी र श्रीकान्त पौडेलको इजलासले पर्यटन मन्त्रालय, नेपाल वायुसेवा निगमले गठन गरेको छनौट समितिलाई कामकाज अघि नबढाउन भनी अन्तरिम आदेश दिएको हो ।

प्रतिस्पर्धाबाट छानिएर आफू सूचीमा परेपनि अन्यायपूर्वक छनौट नभएको भन्दै उपेन्द्रबहादुर कार्कीले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए ।

त्यही निवेदनमाथिको सुनुवाइपछि सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको हो । सरकारले आवेदन मागगरी प्रतिस्पर्धाबाट नेपाल वायुसेवा निगमका सदस्यहरू र अध्यक्ष चयन गर्ने तयारी गरेको थियो ।

प्रतिकृया दिनुहोस्