×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन कैरन नेपाल अर्थ समाचार

राजनीति

कांग्रेस उम्मेदवार खड्कालाई थुना बाहिर राखेर अनुसन्धान गर्न अदालतको आदेश

कांग्रेस उम्मेदवार खड्कालाई थुना बाहिर राखेर अनुसन्धान गर्न अदालतको आदेश

काठमाडौं । केयर गिरभमा इजरायल पठाउने भन्दै ठगी भएको प्रकरणमा पक्राउ परेकी नेपाली कांग्रेस केन्द्रीय सदस्य उम्मेदवार विनिता खड्कालाई थुनाबाहिर राखेर अनुुसन्धान गर्न अदालतले आदेश दिएको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश तेजबहादुर खड्काको इजलासले उनलाई थुनाबाहिर राखेर अनुसन्धान गर्न आदेश दिएको हो । यो प्रकरणमा सीआईबी खड्कासहित अहिलेसम्म पाँच जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नेपाली कांग्रेसका नेता भरतप्रसाद चौलागाईं, दोलखाका बालिका शिवाकोटी, ज्ञानबहादुर कार्की, शिवराम श्रेष्ठ पनि रहेका छन् ।

पक्राउ परेका अन्य प्रतिवादीको बयानमा खड्कालाई पोल गरेको सम्बन्धमा पनि रहेको रहेको नदेखिएको, पीडितहरूको तर्फबाट पेश भएको जाहेरीमा खड्काले जाहेरवालाबाट रकम लिइ खाएको तथा कसुरमा संलग्नता रहेको देखिने कुनै पनि तथ्य उल्लेख गरेको अवस्था नदेखिएको भन्दै अदालतले उनलाई थुनामा राखेर अनुसन्धान नगर्नू भनी आदेश गरेको हो ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सुरुमा पक्राउ परेकाहरूविरुद्ध ठगीको कसुरमा अनुसन्धान अघि बढाएको थियो ।

सुरुमा दुई जनालाई पक्राउ गरेर अनुसन्धान गरेको प्रहरीले अनुसन्धानको क्रममा थप व्यक्तिको संलग्नता खुलेको र संगठित रुपमा काम गरेको देखिएपछि संगठित अपराधको कसुर पनि लगाएको थियो ।

प्रतिकृया दिनुहोस्