काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मुल्य घटेको छ भने चाँदीको मुल्य स्थिर छ । आज छापावाला सुन तोलामा २ सय रुपैयाँ घटेर प्रतितोला एक लाख ७३ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी प्रतितोला एक हजार ९ सय ८० रुपैयाँमा कारोबार भैरहेको छ ।