×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाज

कपिलवस्तुमा ग्यास लिक भएर आगलागी हुँदा दिदी भाईको मृत्यु

कपिलवस्तुमा ग्यास लिक भएर आगलागी हुँदा दिदी भाईको मृत्यु

बुटवल । कपिलवस्तुमा आगलागीमा परेर दिदी भाईको मृत्यु भएको छ । खाना पकाउने क्रममा ग्यासको सिलिन्डर लिक भएर आगलागी हुँदा शुद्धोदन गाउँपालिकाको जयनगरमा १८ वर्षीय सोनम यादव र उनका भाइ शिवकुमार यादवको मृत्यु भएको हो ।

सोनमको उपचारका क्रममा र शिवकुमारको उपचारका लागि अस्पताल लैजाँदा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय  कपिलवस्तुले  जनाएको छ । उनीहरू नेपाल राष्ट्रिय उच्च मावि मुडफुटवाका विद्यार्थी हुन्  । आइतबार साँझ  ग्यास लिक भएर आगलागी हुँदा उनीहरूको मृत्यु भएको प्रहरीको भनाई छ । 

आगलागीबाट गम्भीर घाइते भएका उनीहरुलाई युनिभर्सल मेडिकल कलेज, भैरहवामा उपचारका लागि पठाइएको थियो। सोनमको भैरहवामै र शिवकुमारको भारतको गोरखपुर लैजाने क्रममा बाटोमै मृत्यु भएको विद्यालयका प्रधान अध्यापक लालचन्द पाण्डेयले बताए ।  

उनले शव भैरहवा ल्याएर भीम अस्पतालमा  पोस्टमार्टमको लागि राखिएको बताए । सोनम कक्षा १० मा अध्ययनरत थिइन् । उनको मृत्युपछि विद्यालयले आज शोक बिदा घोषणा गरेको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ । 

प्रतिकृया दिनुहोस्