×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

बीपी राजमार्गमा १५ दिनसम्म राति यात्रुवाहक सवारी चलाउन रोक

बीपी राजमार्गमा १५ दिनसम्म राति यात्रुवाहक सवारी चलाउन रोक

काठमाडौं । अन्तरजिल्ला सुरक्षा समन्वय समितिले बीपी राजमार्गमा हुने जोखिमलाई मध्यनजर गर्दै (खुर्कोट र काभ्रेभञ्ज्याङ सडक खण्ड)मा आगामी १५ दिन रातिको समयमा सवारी चलाउन रोक लगाउने निर्णय गरेको छ । 

काभ्रे, सिन्धुली र रामेछापका अन्तरजिल्ला सुरक्षा समन्वय समितिको शुक्रबार बसेको बैठकले यस्तो निर्णय गरेको रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले जानकारी दिए । 

उनका अनुसार साँझ साढे ६ बजेदेखि बिहान ५ बजेसम्म मालवाहक गाडी बाहेक अन्य सवारी साधन चल्न रोक लगाउने निर्णय भएको हो । यसबारे विस्तृत सुचना सडक डिभिजन कार्यालयले निकाल्नेछ ।

 प्रमुख जिल्ला अधिकारी थापाले सडकले सम्भवत आइतबारबाट लागू हुनेगरी त्यस्तो सुचना प्रकाशित गर्ने बताए । समितिले काठमाडौंबाट जाने सवारी काभ्रे भञ्ज्याङमा राक्ने र काठमाडौं तर्फजानेलाई सिन्धुलीको खुर्कोटमा रोक्ने निर्णय गरेको हो । गत असोजमा गएको बाढीपहिरोले उक्त राजमार्गमा क्षति भएको छ ।
 

प्रतिकृया दिनुहोस्