×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन कैरन नेपाल अर्थ समाचार

समाचार

न्यायाधीश श्रेष्ठको अवकाश

न्यायाधीश श्रेष्ठको अवकाश

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठ ६५ वर्षे उमेरहदबाट अवकाश भएका छन् । उपचारका क्रममा केही महिनादेखि बिदामा रहेका उनले आइतबारदेखि अवकाश लिएका हुन् ।

आइतबार बिहान फेसबुकमा एक सन्देश प्रकाशित गर्दै अवकाशप्राप्त न्यायाधीश श्रेष्ठले आफू पदबाट अवकाश भएपछि न्याय सेवामा सक्रिय रहने बताएका छन् ।

साउन, २०४४ मा न्यायसेवामा प्रवेश गरेका श्रेष्ठ चैत, २०७८ देखि सर्वोच्च अदालतमा न्यायाधीश थिए । छिटोछरितो न्यायसम्पादनको पक्षपाती उनले मुद्दा व्यवस्थापन र पुराना मुद्दा फर्स्यौटलाई प्राथमिकतामा राखेका थिए ।
 

प्रतिकृया दिनुहोस्