×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

कोशी प्रदेश

विद्युत् जाँदा मधेश प्रदेशसभा बैठक स्थगित

विद्युत् जाँदा मधेश प्रदेशसभा बैठक स्थगित

जनकपुरधाम । विद्युत् जाँदा मधेश प्रदेशसभा बैठक स्थगित भएको छ । मधेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवलाई विश्वासको मतको प्रस्तावमा धारणा राख्ने क्रम चलिरहेको बेला बिजुली गएको हो ।

नेकपा एमाले संसदीय दलको नेता सरोजकुमार यादवले धारना राख्ने क्रममा विजुली बत्ती कटेपछि बैठक अँध्यारो बन्न पुग्यो । माइकको लाइन कट्नुको साथै लाइभ समेत अँध्यारो देखिएको छ ।

प्रदेशसभामा रहेको जेरनेटरमा इन्धन नहुँदा संचालन भएन । बैठक कक्ष अध्यारो भएपछि सांसदहरु बाहिर निस्किन थालेपछि सभामुखले बैठक केहीबेरको लागि स्थगित गरिएको छ । अहिले जेरनेटरमा इन्धन लिएर कर्मचारी पुगेका छन् ।

प्रतिकृया दिनुहोस्