×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

नारायणगढ-मुग्लिन सडकखण्ड एकतर्फी खुल्यो

नारायणगढ-मुग्लिन सडकखण्ड एकतर्फी खुल्यो

काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत तुइन खोलानेर खसेको पहिरो हटाइसकिएको छ । पहिरो हटाइसकेकाले सवारी आवागमन सुरु भएको छ ।

पहिरो खसेपछि गत शुक्रबारदेखि सडक पूर्णरुपमा अवरुद्ध भएको थियो । नारायणगढ र मुग्लिनतर्फबाट मेसिन प्रयोग गरी आज बिहान चार बजेदेखि पहिरो पन्छाउन सुरु गरिएको थियो ।

आइतबार अपरान्ह सवा ४ बजेबाट राजमार्ग एकतर्फी सुचारु भएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रतीक सिंहले जानकारी दिए । उनका अनुसार पहिरो पन्छाए पनि माथि भीरबाट ढुङ्गा तथा माटो खस्ने क्रम रोकिएको छैन ।

‘अहिले पनि हल्का हल्का पहिरो खसिरहेको छ, यसले गर्दा जोखिम टरेको छैन, अहिलेलाई सडक एकतर्फी खुल्यो, सडक विभाग, ट्राफिक प्रहरी र नेपाल प्रहरीले समन्वय गरेर बाटो सुचारु गर्न अहरात्र खटेका छौं,’ उनले भने ।

राजमार्ग बन्द हुँदा सयौं यात्रु शुक्रबार साँझदेखि सडकमै अलपत्र परेका छन् । काठमाडौं र पोखराबाट चितवनतर्फ प्रस्थान गरेका तथा चितवनबाट काठमाडौं-पोखरातर्फ आउन लागेका यात्रुहरू सडकमै रोकिनु परेको थियो ।

प्रतिकृया दिनुहोस्