×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

बालकोटमा बाबु–छोरा मृत फेला, हत्याको आशंका

बालकोटमा बाबु–छोरा मृत फेला, हत्याको आशंका

काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिकास्थित बालकोटको एकघरमा बाबुछोरा मृत भेटिएका छन् । मृत भेटिनेमा खोटाङ घर भएका ५६ वर्षीय कुलप्रसाद आचार्य र उनका २२ वर्षका छोरा नवीन रहेको जिल्ला प्रहरी परिसर भक्तपुरका एसपी माधव बुढाथोकीले जानकारी दिए ।

‘दुई फरक कोठामा बाबुछोराको शव भेटिएको छ । हामी अनुसन्धान गर्दैछौं,’ एसपी बुढाथोकीले भने ।

उनका अनुसार आइतबार राति तीन बाबुछोरा खाना खाएर सुतेका थिए । सोमबार बिहान भने दुईवटा ढोकामा बाहिरबाट ताला लगाएको अवस्थामा बाबुछोराको शव भेटिएको हो ।

आइतबार उनीहरूसँगै कुलप्रसादका जेठा छोरा मिलन पनि सँगै सुतेको अनुसन्धानबाट खुलेको छ । तर उनी अहिले फरार रहेका छन् । प्रहरीले उनको खोजी सुरु गरेको छ ।

शवमा चोटपटक समेत भेटिएको र बाहिरबाट ताला समेत लगाइएको उनीहरुको हत्या भएको हुनसक्ने आशंका प्रहरीको छ ।

प्रतिकृया दिनुहोस्