×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

एनआरएनएको १२ औं विश्व सम्मेलन फागुनमा हुने

एनआरएनएको १२ औं विश्व सम्मेलन फागुनमा हुने

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२ औं महाधिवेशन आगामी फागुनमा हुने भएको छ ।

बृहत् अन्तर्राष्ट्रिय महाधिवेशन फेब्रुअरी २३ देखि २५ सम्म गर्ने निर्णय गरिएको छ । महासचिवद्धय गौरीराज जोशी र बीआर लामाले महाधिवेशनको मिति तय भएको जानकारी विज्ञप्ति मार्फत गराएका हुन् ।

एकता पश्चात् गठित स्टेरिङ कमिटीको बैठकले महाधिवेशनको मिति टुंगो लगाएको हो । स्टेरिङ कमिटीको बैठकले राष्ट्रिय समन्वय समितिहरूको एकता सहजीकरण समिति गठन गरेको छ । गंगाधर गौतम संयोजक रहेको उक्त समितिमा सहसंयोजक टीका गुरुङ (राधिका) छन् भने सदस्यहरुमा नारायण काफ्ले, शनि ओली, र चिरञ्जीवी खड़का छन् ।

बैठकले एकतासम्बन्धी क्षेत्रीय अन्तरक्रिया तथा संवाद गर्ने निर्णय गरेको छ । डिसेम्बर १९ मा मध्यपूर्व तथा अफ्रिका क्षेत्र, डिसेम्बर २० मा एसिया प्रशान्त तथा ओसिनिया क्षेत्र र  डिसेम्बर २१ मा अमेरिका तथा युरोप क्षेत्रमा अन्तक्रिया र संवाद गर्ने टुंगो लगाइएको छ ।

पाँच सदस्यीय सदस्यता समितिमा २ जना थप गरी ७ जना बनाउने निर्णय गरिएको छ । स्टेरिङ कमिटीका सबै सदस्यले प्रतिवद्धता पत्रमा हस्ताक्षर गर्नुपर्ने प्रावधान अनुसार आगामी स्टेरिङ कमिटी बैठकसम्म हस्ताक्षर गरिसक्नुपर्ने जानकारी गराइएको छ ।  हस्ताक्षर नगर्ने सदस्यहरूले आगामी बैठकमा सहभागिता जनाउन नपाउने समेत निर्णयमा उल्लेख छ ।

प्रतिकृया दिनुहोस्