×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

मनोरञ्जन

वरिष्ठ अभिनेता थापाको अन्तिम बिदाइ

वरिष्ठ अभिनेता थापाको अन्तिम बिदाइ

काठमाडौं । अभिनेता सुनिल थापालाई कलाकर्मीले अन्तिम श्रद्धाञ्जली दिएका छन् । उनको पार्थिव शरिरलाई आइतबार दिउँसो चलचित्र विकास बोर्डमा राखिएको थियो ।

पाका कलाकारहरू नीर शाह, शम्भुजीत बासकोटादेखि कांग्रेस उपसभापति विश्वप्रकाश शर्मासहित थुप्रै फिल्मकर्मी, संगीतकर्मी र शुभेच्छुकले थापाको शवमा पुष्पगुच्छा चढाउँदै श्रद्धाभाव व्यक्त गरे ।

सो अवसरमा बाजा र सलामीसहित थापालाई बोर्डले सम्मान गरेको थियो । अहिले थापाको शवलाई अन्त्येष्टिको लागि शवयात्रासहित पशुपति आर्यघाटतिर लगिँदैछ ।

त्यसअघि शवलाई नर्भिक अस्पतालबाट बोर्ड लगिएको थियो । मुम्बईमा रहेका थापाका परिवार नेपाल आएपछि अन्त्येष्टि गर्न लागिएको हो । हृदयघातको कारण शनिबार बिहान थापाको ६८ वर्षको उमेरमा निधन भएको थियो ।
 

प्रतिकृया दिनुहोस्