काठमाडौं । मंगलबार नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । आज छापावाला सुन तोलामा २ हजार २ सय रुपैयाँ घटेर प्रतितोला दुई लाख ९२ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुन प्रतितोला दुई लाख ९४ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी तोलामा ६० रुपैयाँ घटेर प्रतितोला ४ हजार ३ सय ५५ रुपैयाँमा कारोबार भैरहेको छ ।