×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

शेयर बजार

१०.५३ अंक घट्यो सेयर बजार

१०.५३ अंक घट्यो सेयर बजार

काठमाडौं । आइतबार उच्च अंकले बढेको सेयर बजारमा सोमबार ‘करेक्सन’ आएको छ । १०.५३ अंकले घटेको बजार २६२२.८८ बिन्दुमा ओर्लिएर रोकियो ।

आज सोमबार ०.८८ प्रतिशतले बजारमा गिरावट आएको हो । आज विकास बैंक र म्युचअल फन्डबाहेक सबै उपसूचकको मूल्य घटेको छ ।

सबैभन्दा धेरै ‘अन्य’ उपसूचकका लगानीकर्ताले ०.८२ प्रतिशतले गुमाएका छन् । सोमबार ३ सय ३७ धितोपत्रको ६९ हजार ५ सय ४८ कारोबारबाट १ करोड ३७ हजार ३ सय ७ कित्ता सेयर किनबेच भएको छ ।

आज कारोबार रकम ४ अर्ब ७७ करोड ४७ लाख ८६ हजार ३४ रुपैयाँमा खुम्चिएको छ । आइतबार ४७ अंकले बढेको बजारमा ५ अर्ब ५३ करोड १३ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

सोमबार एसवाई प्यानल नेपाल लिमिटेडको मूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ । यस धितोपत्रको मूल्य प्रतिकित्ता ८ सय ८० रुपैयाँ पुगेको छ ।

यसबाहेक ग्लोबल आइएमई समुन्नत योजना-२, कर्पोरेट विकास बैंक लिमिटेड, सप्तकोशी विकास बैंक, ग्रिन डेभलपमेन्ट बैंकसहित धितोपत्रको मूल्य समेत धेरैले बढेको छ ।

सोमबार सबैभन्दा धेरै विन नेपाल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाए । यो धितोपत्रको मूल्य १० प्रतिशतले गिरावट आइ १४९६.१० रुपैयाँ कायम भएको छ ।

त्यस्तै सुपर मादी हाइड्रो, मानुषी लुघवित्त वित्तीय संस्था, सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, एनआईसी एसिया बैंकसहित धितोपत्रको मूल्यमा समेत आज धेरै गिरावट आएको छ । धेरै कारोबार भएको धितोपत्र समेत एसवाई प्यानल लिमिटेड छ ।

प्रतिकृया दिनुहोस्