×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

स्वास्थ्य

स्वास्थ्यकर्मीहरूलाई सरकारी सरह पारिश्रमिक दिन निजी अस्पताललाई निर्देशन

स्वास्थ्यकर्मीहरूलाई सरकारी सरह पारिश्रमिक दिन निजी अस्पताललाई निर्देशन

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै स्वास्थ्य संस्थाहरूमा कार्यरत नर्सिङलगायत स्वास्थ्यकर्मीहरूको न्यूनतम पारिश्रमिक र सेवा सुविधा सरकारी सरह दिन निर्देशन दिएको छ ।

मन्त्रालयको सचिवस्तरीय निर्णय अनुसार देशभरका प्रतिष्ठान सरकारी अस्पताल, मेडिकल कलेज र सामुदायिक निजी अस्पताललाई शुक्रबार पत्र लेख्दै मन्त्रालयले स्वास्थ्यकर्मीको सेवा सुविधा व्यवस्था गर्न भनेको हो । 

मन्त्रालयले तोकिएको समय भन्दा बढी काम लगाएमा अतिरिक्त भत्ताको व्यवस्था गर्न निर्देशन दिएको छ ।  पाँच बुँदे निर्देशन दिँदै मन्त्रालयले स्वास्थ्य तथा शैक्षिक संस्थाले करार (नियुक्ति सम्झौता) गरी राख्नुपर्ने, ज्यालादारीमा कार्य गराउन नपाइने, सक्कल शैक्षिक लब्धाङ्क पत्रहरू कार्यालयले राख्न नपाइने भनेको छ ।

प्रतिकृया दिनुहोस्