×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

एमाले केन्द्रीय सदस्य किशोरविक्रम मल्ल पक्राउ

एमाले केन्द्रीय सदस्य किशोरविक्रम मल्ल पक्राउ

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य किशोरविक्रम मल्ल पक्राउ परेका छन् । चेक अनादर सम्बन्धी कसुरमा जाहेरी परेपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एक अधिकृतले  बताए ।

‘युवा संघकै एक जना नेतासँग लेनदेनको विषयलाई लिएर जाहेरी परेको थियो’, ती अधिकृतले भने, ‘त्यही जाहेरीमाथि अनुसन्धानका क्रममा उनलाई पक्राउ गरिएको हो ।’

प्रहरीका अनुसार, २० लाख ५० हजार रुपैयाँ बराबरको चेक बाउन्स भएपछि प्रहरीसम्म उजुरी परेको थियो । चेक बाउन्स भएको घटनामा दुई पक्षबीच जुनसुकै चरणमा पनि मिलापत्र हुनसक्छ । त्यसैले दुवै पक्षलाई राखेर छलफल गराइराखिएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्