काठमाडौं । बिहीबार नेपाली बजारमा सुनचाँदीको मुल्य सामान्य बढेको छ । आज छापावाला सुन तोलामा एक हजार ४ सय रुपैयाँ बढेर प्रतितोला दुई लाख ४२ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुन प्रतितोला दुई लाख ४१ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी तोलामा ३५ रुपैयाँ घटेर प्रतितोला तिन हजार ७५ रुपैयाँमा कारोबार भैरहेको छ ।