×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

नख्खु खोलामा उद्धारमा ढिलाइ भएकोबारे प्रहरी प्रधान कार्यालयको छानबिन

नख्खु खोलामा उद्धारमा ढिलाइ भएकोबारे प्रहरी प्रधान कार्यालयको छानबिन

काठमाडौँ । ललितपुर महानगरपालिका–१३ स्थित नख्खु खोलाबाट विपद्मा परेकाहरूको उद्धारमा ढिलाइ भएकोबारे प्रहरी प्रधान कार्यालयले छानबिन गरिरहेको छ । असोज ११ र १२ मा अविरल वर्षासँगै नख्खु खोलामा आएको बाढीका कारण जस्ताको टहरोको छतमा उभिएर लामो समय गुहार माग्दा पनि दुई जना बेपत्ता भएका छन् ।

खोलाले टहरो ढालेपछि बगेका ३ जनालाई काभ्रे घर भएका चणिकलाल तामाङले उद्धार गरेका हुन् । रौतहटको वृन्दावन घर भएका ४३ वर्षीय राजु शाह, ६ वर्षीया छोरा मेघना शाह, उनकै अर्की छोरी सेतु शाहलाई र भाइ राज शाहलाई खोलाले बगाएको थियो ।

गुहार माग्दामाग्दै बगेका देवराज कार्की र सेतु शाह बेपत्ता छन् ।  खोलाले बगाएको मध्ये दुई जना बेपत्ता छन् । उनीहरू ललितपुर महानगर–१३ दिव्यनगरस्थित कान्तिपुर कोलोनी नजिकै ईश्वरी केसीको जग्गामा टहरा बनाएर बसेका थिए ।

उनीहरुले त्यहाँ ग्रिल कारखाना सञ्चालन गरेका थिए ।  घट्ना छानबिन गर्न प्रहरी प्रधान कार्यालयले प्रहरी वरिष्ठ उपरीक्षक सिद्धिविक्रम शाहको नेतृत्वमा समिति गठन गरेको छ ।

समितिका सदस्यहरूले नख्खु स्थित घटनास्थलमा स्थलगत अवलोकन गरेर उद्धारमा खटिएका प्रहरी अधिकृतहरूसँग बयान लिएका छन् । घटनास्थलमा समयमै प्रहरी पुगे पनि साधन स्रोत नहुँदा समयमा उद्धार हुन नसकेको र दुई जना बेपत्ता भएका छानबिन समितिको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले भिजिबिलिटी कम भएको कारण देखाएर हेलिकप्टर उडाउन अनुमति नदिँदा पनि नख्खुमा समयमा उद्धार हुन नसकेको समितिको प्रारम्भिक छानबिन निष्कर्ष छ ।
 

प्रतिकृया दिनुहोस्