×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

कोशी प्रदेश

कोशी प्रदेश सरकारले ४० अर्ब हाराहारीको बजेट ल्याउँदै

कोशी प्रदेश सरकारले ४० अर्ब हाराहारीको बजेट ल्याउँदै

विराटनगर । संवैधानिक प्रावधान अनुसार आज सातवटै प्रदेशले बजेट सार्वजनिक गर्दैछन् । कोशी प्रदेशको बजेट सार्वजनिक गर्नका लागि दिउँसो ४ बजे प्रदेशसभा बैठक बस्दैछ ।

बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री बिदुर लिङ्थेपले बजेट पेस गर्नेछन् । आर्थिक मामिला तथा योजना मन्त्रालय स्रोतका अनुसार यो वर्ष बजेटको आकार बढ्ने छ । मन्त्रालय स्रोतका अनुसार यो वर्षको बजेट ४० अर्ब हाराहरी हुनेछ ।

प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि ३५ अर्ब ८७ करोड ९९ लाख रुपैयाँको बजेट विनियोजन गरेको थियो । तर मध्यवधि समिक्षामार्फत बजेट अनुमान ३२ अर्ब ४५ करोड ६४ लाख रुपैयाँमा झारिएको थियो ।

आर्थिक वर्ष २०८३–८४ का लागि भने संघबाट आउने अनुदान साढे १६ अर्ब, राजस्व बाँडफाँटबाट १३ अर्ब र आन्तरिक आम्दानी र संचित कोषमा जम्मा भएको रकमलाई आधार मानेर बजेट आकार बढाइएको हो ।

यो वर्ष प्रदेश सांसदहरुले आफ्नो क्षेत्रमा पाउने योजनाको आकार पनि बढेको छ । सरकारले प्रत्यक्ष निर्वाचित सांसदलाई चार करोड र समानुपातिक सांसदका लगि २ करोड ५० लाखका दरले योजना समावेश गरेको छ ।

नयाँ बजेटमा सरकारले करिब ५ अर्ब बराबरका नयाँ बहुवर्षीय आयोजना थप पनि गर्ने तयारी गरेको छ ।

प्रतिकृया दिनुहोस्