काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मुल्य ह्वात्तै बढेको छ । आज छापावाला सुन तोलामा १९०० रुपैयाँ बढेर प्रतितोला एक लाख ९८ हजार ५०० सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी तोलामा २५ रुपैयाँ बढेर प्रतितोला दुई हजार दुई सय ८० रुपैयाँमा कारोबार भैरहेको छ ।