×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन कैरन नेपाल अर्थ समाचार

विश्व

पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा विस्फोट, कम्तीमा १६ जनाको मृत्यु

पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा विस्फोट, कम्तीमा १६ जनाको मृत्यु

पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको कोहाटमा पूर्वप्रहरी लाइन भवननजिक भएको विस्फोट हुँदा कम्तीमा १६ जनाको मृत्यु भएको छ ।  ३० जनाभन्दा बढी घाइते भएका छन् ।

खैबर पख्तुनख्वाका प्रहरी महानिरीक्षक जुल्फिकार हमिदले प्रारम्भिक रिपोर्टअनुसार विस्फोटक पदार्थले भरिएको एउटा गाडी पुरानो प्रहरी लाइनमा ठोक्किएको बताएका छन् । विस्फोटपछि सशस्त्र चरमपन्थीहरूसँग गोली हानाहान भइरहेको उनले बताए ।

खैबर पख्तुनख्वाका प्रहरी प्रमुखका अनुसार प्रारम्भिक विवरणले विस्फोटपछि एक आत्मघाती हमलाकारीले स्पेसल ब्रान्चनजिकै आफूलाई विस्फोट गराएको संकेत गरेको छ ।

बीबीसी उर्दूका अनुसार गोली हानाहानमा एक चरमपन्थी मारिएका छन् । स्थानीय प्रहरीका अनुसार विस्फोट शुक्रबार स्थानीय समयअनुसार दिउँसो करिब १:१५ बजे भएको हो ।

घटनास्थलमा उद्धार अभियानका लागि हाल १४ वटा एम्बुलेन्स र ४० भन्दा बढी कर्मचारी परिचालन भएका छन् ।

पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले कोहाट विस्फोटको निन्दा गर्दै ठूलो संख्यामा मानिस घाइते भएको घटनाप्रति दुख व्यक्त गरेका छन् ।

प्रधानमन्त्री कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार शहबाज सरिफले घाइतेलाई तत्काल उपचारको व्यवस्था गर्न निर्देशन दिएका छन् ।

उनले विस्फोटको कारणबारे सम्बन्धित अधिकारीसँग रिपोर्ट माग्नुका साथै राहत तथा उद्धार कार्यलाई तीव्रता दिन र प्रभावितलाई आवश्यक सबै सुविधा उपलब्ध गराउन निर्देशन दिएका छन् ।

गृहमन्त्री मोहसिन नक्वीले पनि कोहाट विस्फोटको निन्दा गर्दै जनधनको क्षतिप्रति दुस्ख व्यक्त गरेका छन् । पेसावर प्रहरीका अनुसार उक्त विष्फोटमा ११ जना सर्वसाधारण र पाँच जना प्रहरी अधिकारीको मृत्यु भएको छ ।

प्रतिकृया दिनुहोस्