×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन कैरन नेपाल अर्थ समाचार

राजनीति

बागमतीको कृषिमन्त्रीमा आले, प्रदेश प्रमुखसमक्ष लिइन् शपथ

बागमतीको कृषिमन्त्रीमा आले, प्रदेश प्रमुखसमक्ष लिइन् शपथ

हेटौंडा । बागमती प्रदेशमा नेपाली कम्युनिस्ट पार्टी ९नेकपा०बाट रमा आले मगर कृषिमन्त्री नियुक्त भएकी छिन् ।

उनले केहीबेरअघि प्रदेश प्रमुख दीपकप्रकाश देवकोटासमक्ष शपथ ग्रहण पनि गरेकी छिन् । उनी यसअघि शालिकराम जमकट्टेल नेतृत्वको सरकारमा युवा तथा खेलकुद मन्त्री थिइन् ।

बागमती सरकारमा नेकपाको भागमा परेको दुई वटा मन्त्रालयमध्ये नेकपा माओवादी केन्द्र पृष्ठभूमिका सरल सहयात्री पौडेल आर्थिक मामिला तथा योजना मन्त्री बनेपछि अर्को मन्त्रालय तत्कालीन नेकपा (एकीकृत समाजवादी) अर्थात माधव नेपाल पक्षले पाएको थियो ।

नेकपा एमाले, नेकपा र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को संयुक्त बागमती सरकारमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बाहेक ७ वटा मन्त्रालय रहेको छ । यसअघि ४ भदौमा ६ जना मन्त्री नियुक्त गरिएको थियो । जसमा आन्तरिक मामिला, कानुन तथा सहकारी र कृषि मन्त्रालय रिक्त थियो । एमालेका ज्ञानबहादुर तामाङलाई विना विभागीय मन्त्री नियुक्त गरिएको थियो ।

सरकारमा भागबण्डाअनुसार एमालेले मुख्यमन्त्रीसहित ३ वटा, नेकपालाई प्रदेशसभाको सभामुखसहित ३ वटा र राप्रपाले ३ वटा मन्त्रालय लिएका हुन । सरकारमा नेकपाबाट सरल सहयात्री आर्थिक मामिला,  एमालेबाट भरत केसी भौतिक पूर्वाधार, राप्रपाबाट गिरबहादुर तामाङ स्वास्थ्य तथा सामाजिक, राजु विष्ट खानेपानी, ऊर्जा तथा सिँचाइ तथा राजेन्द्र प्रजापति उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्री छन् ।

प्रतिकृया दिनुहोस्