×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

३६२ ग्राम ब्राउन सुगरसहित एक भारतीय पक्राउ

३६२ ग्राम ब्राउन सुगरसहित एक भारतीय पक्राउ

काठमाडौं । अवैध लागूऔषध ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश जिल्ला बहराइच बस्ने ३१ वर्षीय विशाल अहमद रहेको प्रहरीले जनाएको छ । उनीबाट प्रहरीले ३६२ ग्राम ब्राउन सुगर बरामद गरेको छ । यो परिमाणको ब्राउन सुगर ठूलो मात्रा रहेको ब्यूरोका एक अधिकृत बताउँछन् ।

‘१ मिलिग्रामको हिसाबले किनबेच हुने ब्राउन सुगर अहिले बरामद भएको ठूलो परिमाण हो,’ एक अधिकृत भन्छन् ।

अहमल लागूऔषध सेवनका साथै बेचबिखन गर्ने व्यक्ति रहेको प्रहरीले जनाएको छ । उनी नेपाल–भारत सीमा क्षेत्रमा लागूऔषधको कारोबार गर्दै आएको सूचना लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले पाएको थियो ।

असई नवीनकुमार शाहीसहित टोलीलाई ब्यूरोले परिचालन गरेको थियो । असई शाहीको टोलीले उनलाई पक्राउ गरेको हो । पक्राउ परेका अहमदविरुद्ध लागूऔषध कसुरमा अनुसन्धान अघि बढाइने प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्