×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

रवि लामिछानेको आजको बयान सकियो

रवि लामिछानेको आजको बयान सकियो

काठमाडौँ । पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको सरकारी वकिल कार्यालय, काठमाडौँमा आजको बयान सकिएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौँमा आज बिहानदेखि लामिछानेको बयान लिइएको थियो । आइतबार बयानलाई निरन्तरता दिनेगरी आजको लागि बयान सकिएको बताइएको छ । सहकारी ठगी र संगठित अपराधमा अनुसन्धान गर्न कार्तिक २ कास्की जिल्ला अदालतको अनुमतिमा लामिछाने पक्राउ परेका हुन् । 

कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीमार्फत भएको अनियमितता प्रकरणमा लामिछानेविरुद्ध मंसिर २ गते पक्राउ अनुमति जारी भएको थियो । उनलाई बिहीबार साँझ काठमाडौँ ल्याइएको थियो । 

प्रतिकृया दिनुहोस्