काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मुल्य घटेको छ भने चाँदीको मुल्य बढेको छ । आज छापावाला सुन तोलामा ३ सय रुपैयाँ घटेर प्रतितोला दुई लाख ९४ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी तोलामा २० रुपैयाँ बढेर प्रतितोला ५ हजार ३० रुपैयाँमा कारोबार भैरहेको छ ।