काठमाडौं । बिहीबार नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ । आज छापावाला सुन तोलामा ३ हजार ४ सय रुपैयाँ बढेर प्रतितोला प्रतितोला तिन लाख ५ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुन प्रतितोला तिन लाख २ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी तोलामा १०५ रुपैयाँ बढेर प्रतितोला ४ हजार ८ सय ५५ रुपैयाँमा कारोबार भैरहेको छ ।