काठमाडौँ । यतिबेला राजधानीको अनामनगरमा बनेको एउटा ७ तले घर भाइरल छ । मापदण्ड विपरीत बनेको दाबीसहित सरकारले भत्काउने भनेपछि घर एकाएक सामाजिक सञ्जालमा भाइरल छ ।
धोबिखोला मिचेर बनाइएकाले भत्काउनु परेको सरकारी अधिकारीहरूको भनाइ छ । आइतबार बिहानदेखि घर भत्काउन सुरु भएको छ । त्यसअघि घरबाट सामान निकालिएको तियो । घरधनीले भने आफूले नियम कानुन अनुसार नै निर्माण गरेको दाबी गर्दै आएका छन् ।