×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

काठमाडौँ भ्यू टावरका ठेकेदार मनोज भेटवाल पक्राउ

काठमाडौँ भ्यू टावरका ठेकेदार मनोज भेटवाल पक्राउ

काठमाडौँ । पुरानो बसपार्कमा ‘काठमाडौँ भ्यू टावर’ निर्माणको काम गरिरहेका व्यवसायी मनोज भेटवाललाई प्रहरीले पक्राउ गरेको छ । शुक्रवार उनलाई अनामनगरबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतले बताए । 

इनोभेटिभ कन्सेप्ट प्रालिका सञ्चालक भेटवाल विरुद्ध अहिले जिल्ला प्रहरी परिसर काठमाडौँमा १० करोडको बैङ्किङ कसुरको जाहेरी दर्ता भएको छ । सो मुद्दामा अनुसन्धानका लागि प्रहरीले उनलाई पक्राउ गरेको हो ।

भेटवाल यसअघि पनि चेक बाउन्स र रोयल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स लिमिटेड घोटाला मुद्दामा पक्राउ परेका थिए ।

प्रतिकृया दिनुहोस्