×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

खेलकुद

महिला टी-२० विश्वकप छनोट : नेपालको पहिलो खेल हङकङसँग

महिला टी-२० विश्वकप छनोट : नेपालको पहिलो खेल हङकङसँग

काठमाडौं । आईसीसी महिला टी-२० विश्वकप छनोटअन्तर्गत नेपालले पहिलो खेल हङकङसँग खेल्ने भएको छ । नेपाल क्रिकेट संघ क्यानले सोमबार नेपालको खेल तालिका सार्वजनिक गरेको छ । जसअनुसार समूह सी मा नेपाल, हङकङ र बहराइन रहेका छन् ।

समूह चरणमा डबल राउण्ड रोविनमा खेल हुनेछ । शीर्ष स्थानमा रहने टोली सुपर राउण्डमा पुग्नेछ । छनोटमा सहभागी ९ टिमलाई तीन समूहमा विभाजन गरिएको छ ।

तीनवटै समूहको शीर्ष टोलीले सुपर राउण्ड लिग खेल खेल्नेछन् । त्यसबाट शीर्ष दुई टोली ग्लोबल क्वालिफायरमा पुग्नेछन् ।

मे ९ मेदेखि २० सम्म थाइल्यान्डमा हुने छनोट प्रतियोगितामा घरेलु टोली थाइल्याण्डसहित नेपाल, हङकङ, बहराइन, भुटान, कुवेत, मलेसिया, कतार र यूएईले प्रतिस्पर्धा गर्नेछन् ।

हाल भारतमा तयारी गरिरहेको नपाली महिला क्रिकेट टोली उतैबाट थाइल्याण्ड प्रस्थान गर्नेछ ।

प्रतिकृया दिनुहोस्