×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

केआईआईटीबाट नेपाल फर्किए १ सयभन्दा धेरै विद्यार्थी

केआईआईटीबाट नेपाल फर्किए १ सयभन्दा धेरै विद्यार्थी

काठमाडौँ । भारतको कलिंगा इन्स्टिच्यूट अफ् इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा भएको तनावपछि सय जनाभन्दा बढी विद्यार्थी नेपाल फर्किएका छन् । रक्सौल नाकाबाट अहिलेसम्म ९६ जना नेपाल फर्किएको पर्साका एसपी गौतम मिश्रले बताए । उनले भने, ‘बुधवार बिहानदेखि अहिलेसम्म ९६ जना वीरगन्ज आइपुगेका छन् ।’

उनीहरूलाई प्रहरीले बारा, रौतहट र पर्सास्थित उनीहरूको घरसम्म जान सहजीकरण गरेको छ । काँकडभिट्टा नाका र विराटनगर हुँदै पनि विद्यार्थीहरू फर्किएका छन् । विराटनगरमा आएर ५ जना विद्यार्थीले आफूहरू स्वदेश फर्किएको जानकारी गराएको प्रहरी प्रवक्ता (डीआईजी) दिनेश आचार्यले बताए ।

उडिसास्थित केआईआईटी विश्वविद्यालयको अवस्था सामान्य बन्दै गएको छ । नेपालबाट अध्ययन गर्न गएकी प्रकृति लम्सालको रहस्यमय मृत्युपछि विश्वविद्यालयको अवस्था तनावग्रस्त बनेको थियो । विश्वविद्यालय प्रशासनले नेपाल विद्यार्थीहरुलाई इमले गरेर फर्किन आग्रह गरेको नेपाल आइपुगेको विद्यार्थीहरूले बताएका छन् । 

प्रतिकृया दिनुहोस्