×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

खेलकुद

नवीन न्यौपाने पुरुष फुटबल टिमको अन्तरिम मुख्य प्रशिक्षक नियुक्त

नवीन न्यौपाने पुरुष फुटबल टिमको अन्तरिम मुख्य प्रशिक्षक नियुक्त

काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टिमको अन्तरिम मुख्य प्रशिक्षकमा नवीन न्यौपाने नियुक्त भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले न्यौपानेलाई सोमबार एन्फा कम्प्लेक्समा नियुक्ति पत्र हस्तान्तरण गरे ।

त्यस्तै, चेतन घिमिरेलाई सहायक प्रशिक्षकमा र नवीन महर्जनलाई अन्तरिम गोलकिपिङ प्रशिक्षकको जिम्मेवारी दिइएको छ । उनीहरुलाई पनि सोमबार महासचिव राईले नियुक्ति पत्र प्रदान गरे ।

न्यौपाने नेतृत्वको कोचिङ टोलीले आगामी नोभेम्बरमा ताजिकिस्तानसँग हुने मैत्रीपूर्ण खेलमा नेपाली राष्ट्रिय टोलीलाई प्रशिक्षण दिनेछ ।
नेपाली टोली मैत्रीपूर्ण खेलका लागि ताजिकिस्तान जाने तयारीमा छ ।

प्रतिकृया दिनुहोस्