×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

खेलकुद

नेपाली राष्ट्रिय पुरुष फुटबल टिमको मुख्य प्रशिक्षक म्याटले दिए राजीनामा

नेपाली राष्ट्रिय पुरुष फुटबल टिमको मुख्य प्रशिक्षक म्याटले दिए राजीनामा

काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टिमको मुख्य प्रशिक्षक म्याट रोसले राजीनामा दिएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)का महासचिव किरण राईले रोसको राजीनामा आएको जानकारी दिए ।

यसअघि गत फागुनमा एक वर्षका लागि नियुक्त भएका रसले एक वर्ष नहुँदै राजीनामा दिएका हुन् । एएफसी एसियन कप छनोटको तेस्रो चरणको खेल सुरु हुन लाग्दा प्रशिक्षक नियुक्त भएका रसले राजीनामा दिनुको कारणबारे खुलेको छैन ।

रसको आगमनपछि नेपाली फुटबल टोलीले खेलेका ७ अन्तर्राष्ट्रिय खेलमा १ जित हात पार्दा २ बराबरी र ४ हारको नतिजा आएका छन् । रोसको प्रशिक्षणमा खेलेको पहिलो खेलमै नेपालले सिंगापुरलाई हराएको थियो भने त्यसपछि जित निकाल्न सकेको छैन ।

प्रतिकृया दिनुहोस्