×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाज

सडकमा फोहोर फ्याँक्ने एक व्यक्तिलाई महानगरपालिकाले तिरायो जरिवाना

सडकमा फोहोर फ्याँक्ने एक व्यक्तिलाई महानगरपालिकाले तिरायो जरिवाना

काठमाडौं । सडकमा फोहोर फ्याँक्ने एक व्यक्तिलाई काठमाडौं महानगरपालिकाले जरिवाना गराएको छ । काठमाडौं महानगरपालिका–१४ स्थित कुलेश्वरमा घरको फोहोर सडकमा फालेको भन्दै ती व्यक्तिलाई १० हजार जरिवाना गराइएको हो।

जरिवानामा पर्नेमा कुबेर थापा नाम गरेको व्यक्ति रहेको महानगरपालिकाले जनाएको छ । यसअघि हिजो सोमबार सडक हिलो बनाएको भन्दै वडा नम्बर ४ स्थित मानश्री मार्गमा स्वता शाहलाई २५ हजार जरिवाना गराइएको थियो ।

पछिल्लो समय प्रशासनिक दण्ड, जरिवाना र जफतमा काठमाडौं महानगर आक्रामक देखिएको छ । महानगरले चालु आर्थिक वर्षको आर्थिक ऐनको अनुसूची १६ मा २० वटा बुँदामा दण्ड–जरिवानाको व्यवस्था गरेको छ ।

महानगरले गत शुक्रबार दरबारमार्गमा सभा आयोजना गर्ने क्रममा फोहोर गरेको भन्दै सत्तारुढ दल नेकपा एमालेलाई पनि जरिवाना तोकेको थियो ।

यद्यपि, एमालेले उक्त जरिवाना स्वीकार गरेको छैन । पार्टी कार्यालयमै जरिवाना पत्र लिएर महानगरको टोली पुगेपनि एमालेले अस्वीकार गरेपछि हुलाक र इमेलमार्फत् पत्र पठाएको छ ।

प्रतिकृया दिनुहोस्